देउखुरीमा बोइलर कुखुराको मुल्य बढ्यो



ओमप्रकाश गुप्ता, भालुवाङ । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य शुक्रबार देखि लागु हुने गरी बढेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो । अव जिउदो कुखुराको मुल्य १८० रुपैयाँ कायम गरेको छ भने फ्रेसमासुको मुल्य २८० रुपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको मुल्य १७० थियो भने फ्रेसमासुको मुल्य २७० रुपैयाँ कायम गरेको थियो । कुखुराको माग अत्याधिक भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्