कांग्रेस संसदीय दलको बैठक सम्पन्न, एमसीसीबारे गर्यो यस्तो निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज दिउसो बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार एमसीसी पारित गर्नका लागि संसदमा दबाब दिने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ । सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्