आस्था राउतविरुद्ध प्रहरी जवानले दिइन् उजुरी



काठमाडौँ– विमानस्थल सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई गायिका अस्था राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन्।

उनले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा गायिका राउतविरुद्ध उजुरी दिएकी हुन्। राउतले विमानस्थलमा सुरक्षा जाँचमा खटिएकी महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी थिइन्। उनले आफूलाई महिला प्रहरीले तँ भनेको भन्दै भिडियोमा आक्रोश व्यक्त गरेकी थिइन्।

प्रहरी जवान श्रेष्ठले गायिका राउतले आफू ड्युटीमा रहेको अवस्थामा गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्