सिरहाको लहानमा नयाँ बसपार्क सञ्चालन



महेश सिंह/ सिरहाको लहान नगरपालिका १ सिङ्गराही स्थित नवनिर्मीत लहान वसपार्क आज एक कार्यक्र विच वसपार्कलाई उदघाटन गरि सञ्चालन भएको छ ।

प्रमुख अतिथी लहान नगर प्रमुख मुनि साहले नौ महिना अगाडि एक कार्यक्रम विच प्रतिवध भई नौ महिना भित्रै वसपार्क सञ्चान गर्ने प्रतिवध भइका थिए । वसपार्क सञ्चलन भएको छ महिना भित्र वसपार्कलाई कालोपत्रे गरि आकर्षक बनाउने बताउनु भयो ।
सिरहा जिल्लाको विकासको तुलनामा लहानमा आठ लाईनको बाटो निर्माण हुने र ३१ मिटर सम्म खालि राखनु पर्ने पटक पटक सुचना जारि गरि सकेको मेयर साहले बताए ।

लहान नगरपालिकाले धेरै सञ्जालहरु बनाएर काम गरि रहेको र सबै मिलि एक सुत्रिय भएर अगाडि बढनु पर्ने मेयर साहले जोड दिनु भयो ।
केहि महिना भित्रै नगर वस संचालन गरिने,वेरोजगारी समस्या समाधान गर्ने तिर अग्रसर हुदैछौ । अब जथाभावि बाटोमा गाडि पार्कीङ्ग गरेमा नियत्रणमा लिई कार्वाही गर्ने वस व्यवसाय र लहान उद्योगवाणिज्य संघ लाई ध्यानआकर्षण गराउनु भयो । प्रदेश २ कै बस पार्क मध्ये तेस्रो,चौथो प्रेसकृत बस पार्कको दयारामा रहेको साहले बताए ।

लहान नपा र लहान वस व्यवसायको आयोजनामा भएको थियो भने लहान नपा १ का वाडा अध्यक्ष फगु चौधरीको सभाध्यक्षमा सम्पन कार्यक्रममा राजनितिक दल,वुद्विजिवि,समाज सेवि,पत्रकार,बस व्यवसाय संघ,ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरद थापा,सस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत सयौको सहभागिता रहेको थियो ।

४ करोडको लागतमा निर्माण भएको र अझै २ करोड व्यवस्थित गर्न लाग्ने बस पार्कका संचालक महेश गुप्ताले बताए ।
बस पार्क संचालन भएकोले लहान बासीमा खुसि देखिएका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्