नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव- मन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताएका छन् ।

मन्त्री भट्टराईले भ्रमण वर्षका दौरानमा नेपालको पूर्वाधार तथा सेवाका सन्दर्भमा नकारात्मकभन्दा सकारात्मक पक्षलाई जोड दिन आग्रह गर्दै पर्यटकीय पूर्वाधार विस्तारसँगै सेवाको स्तरीकरणमा विशेष ध्यान दिइने बताए । उनले पर्यटनलाई देशका हरेक कुनासम्म जोड्न देशभरका ५३ वटै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गरिने बताए ।

एक वर्षभित्र दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने र मुलुकको उड्डयन क्षेत्रमा सहजता आउने उनको भनाइ छ ।

उनले आगामी मे महिनासम्म निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउने र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल एक वर्षभित्रै सञ्चालन गर्ने गरी निर्माण कार्य तीव्र पारिएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्