सहिमा श्रेष्ठले सिसहनियाँ महोत्सवमा बबाल मच्चाइन्



ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको सिसहनियाँ महोत्सवमा शुक्रबार सुगम संगीतकी लोकप्रीय गायीका सहिमा श्रेष्ठले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी छिन् । सुगम संगीत एवं नेपाली चलचित्र गीतहरुमा आफूलाई अब्बल रुपमा स्थापित गर्न सफल गायिका सहिमाले शुक्रबार राप्ती गाउँपालिका ५ सिसहनियाँमा सञ्चालन भइरहेको महोत्सवमा उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन् ।

सिसहनियाँ उद्योग वणिज्य संघको आयोजनामा प्रथम औधोगिक कृषि तथा व्यापार मेला२०७६ मा शुक्रबार सहिमाले आफ्ना चर्चीत गीतहरु पस्केकी थिईन् । उनले ‘किन ल्याङ ल्याङ गर्दैछौ मैया, तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, दिलमा राख्यो दिलमै फिट तिम्रो पिक्चर हिट’, सलल सलल बगेको पानी पर्ख पर्ख म त्यही जाने , मायाले मायाले ढाट्यो मायाले, बबाल भयो रे लगायत आधा दर्जन बढी गीत प्रस्तुत गरेकी थिईन् । उनले भोजपुरी गीत पनि महोत्सवमा प्रस्तुति गरेकी थिईन् ।

हिट गीतहरु सहिमाले गाउँदा दर्शकहरु छमछमी नाचेका थिए । सहिमाको प्रस्तुतिमा साथ दिदै दर्शकहरुले उनको प्रतिभाको सान बढाई दिएका थिए । उनी सँगै पछिल्लो समय साइलो गितबाट चर्चामा आएका लोक दोहोरी गायक विक्रम रानाले पनि सहिमा श्रेष्ठलाई साथ दिएका थिए । भने स्थानीय कलाकारहरूले पनि मञ्च तताएका थिए । बुधबार देखि निरन्तर भएको वर्षामा दिउँसो देखि सुधार आएपछि महोत्सव सञ्चालन गर्ने कि नगर्ने दोधारमा आयोजक परेका बेला महोत्सव अवलोकन गर्न दर्शक आएपछि दिउँसो करिव ३ बजेबाट महोत्सव सञ्चालन भएको थियोे । यसै बिच महोत्सवमा शनिबार गायक ढाकाराम पौडेल, राजनराज सिवाकोटी ,गायिका भुमिका गिरी लगायतका कलाकार आउने कलाकार संयोजक विक्रम रानाले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्