मानब अधिकार संगठनको अबिधेशन उद्घाटन गर्न देउवा दाङ आउने



ओमप्रकाश गुप्ता ,सिसहनियाँ । नेपाल मानब अधिकार संगठनको दाङमा हुन लागेको १४ औँ केन्द्रिय अबिधेशनको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ आउन लागेका छन् । यही माघ ५ र ६ गते दाङको घोराही स्थित भिङग्रेली भिलेजमा हुन थालेको राष्ट्रिय अबिधेशन उद्घाटनका लागि देउवा शनिवार बेलुका सम्म दाङ आउने कार्यक्रम रहेको नेपाल मानब अधिकार संगठनका जिल्ला अध्यक्ष ऋषिराज शर्माले जानकारी दिएका छन् ।

अबिधेशनको उद्घाटन आईतबार बिहान ११ बजे हुने भएको छ । देउवा सँगै राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तथा पुर्ब प्रधानन्याधीश अनुपराज शर्मा सहित अन्य शिर्ष ब्यक्तीत्व दाङ आउन लागेको नेपाल मानब अधिकार संगठन दाङले जनाएको छ । माघ ५ र ६ गते दुई दिन सम्म दाङको घोराहीमा हुने राष्ट्रिय भेला तथा अबिधेशनमा भाग लिन मानब अधिकार कर्मीहरुको टोली दाङ आउने क्रम शुरु भईसकेको छ । कार्यक्रममा देशभरबाट करिब ३ सय मानब अधिकारकर्मीहरूको सहभागिता रहने नेपाल मानब अधिकार संगठनका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन् । यसै बिच दाङको घोराहीमा सम्पन्न हुन लागेको राष्ट्रिय भेला तथा अबिधेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्