अवैध क्रसर उद्योग: जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ्दो, सभामुखमा अध्यक्षद्वयबीच सहमति नजिक



काठमाडौंबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । एमसीसी अनुदानबारे अमेरिकाले दिएको प्रस्टीकरण, अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरो, सभामुखमा सहमति नजिक लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

अन्नपूर्ण पोस्ट्मा लिम्पियाधुरालगाइत नेपाली भूभागमा समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले छाप्न आँट गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सीमा अभियन्ता सम्मिलित सर्वपक्षीय भेलाले नेपालको नक्सा सच्याउने प्रतिबद्धता जनाएको थियो । भारतले भने १४ दिनमै दुईवटा नक्सा बनाएको छ । उसले गत कात्तिक १६ मा कालीनदीसहितको नक्सा जारी गरेको थियो भने नेपालमा हल्लीखल्ली मच्चिएपछि भारतले काली नदी हटाएर नक्सा सच्याएको थियो ।

त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका पूर्वप्रमुख प्रा।डा। नरेन्द्रराज खनालले तत्काल लिम्पियाधुरासहित नक्सा प्रकाशन गरी कूटनीतिक र राजनीतिक पहल गर्न सुझाव दिएका छन् । नेपालले अढाई महिना बित्दापनि नक्सा छपाईको सुरसार नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् । ‘भारतले जतिखेर पनि नेपाली भूभाग मिचेको नक्सा जारी गर्न सक्छ तर नेपालले किन सक्दैन रु’, उनी भन्छन् ।

आजको गोरखापत्र दैनिकमा रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको खबर छापिएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ ।

कानुनी रूपमा अवैध, प्राकृतिक भूबनावट, सम्पदा तथा वातावरणीय दृष्टिले विनाशकारी उक्त कार्य रोक्न आग्रह गर्दा धनुषाका २४ वर्षीय ओमप्रसाद महतो ९दिलीप०को क्रुर हत्या भएको पछिल्लो उदाहरण हो ।नदीको ‘धार’ नै परिवर्तन हुने गरी भएको रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी रोक्न अघिल्लो साता बिहान खोला किनारामा पुगेका दिलीपलाई क्रसर उद्योग व्यवसायी विनोद र विपिन महतो दाजुभाइले फलामको रडले घोचेर बेहोश बनाई टिप्परले किच्न लगाई हत्या गरिएको दाबी प्रहरीको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश बस्नेतका अनुसार अवैध रोडा, ढुङ्गा तथा बालुवा र क्रसर उद्योगको नियन्त्रणमा चुनौती देखिएको छ । व्यक्तिगत आयआर्जनका अतिरिक्त स्थानीय तहका लागि आम्दानीको आकर्षक स्रोत भएकाले जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ््दै गएको छ ।

गोरखापत्र दैनिकले अमेरिकाले एमसीसीमा सैन्य मामिला नजोडिएको प्रष्ट पारेको विषयलाई शीर्ष समाचार बनाएको छ । एमसीसीमार्फत नेपालमा आउने सहयोग नितान्त अन्तर्राष्ट्रिय विकासका लागि पारदर्शी र सच्चा साझेदारीमा आधारित नयाँ मोडेलमार्फत आएको अमेरिकी सरकारले जनाएको छ । समाचारमा लेखिएअनुसार एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानुनले कुनैपनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको काठमाडौंस्थित अमेरिकी दुतावासले प्रष्ट पारेको हो । एमसीसीबारे विभिन्न खालका बहस भइरहँदा अमेरिकी दुतावासले शुक्रबार आफ्नो धारणा सार्वजनिक गरेको हो ।

अमेरिकी सरकारका तर्फबाट एमसीसी परियोजनामार्फत नेपाल सरकारले सहयोग अनुदान पाउने गरी भएको सम्झौता संसदबाट गर्ने सवालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । यस्तै पत्रिकाले निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव शीर्षकको अर्को महत्वपूर्ण समाचार पनि प्रथम पृष्ठमा समेटेको छ ।

राजधानी दैनिकमा आधारभूत स्वास्थ्य सेवामा पाँच अर्ब बजेट, स्वास्थ्य सेवा भने कागजमा सीमित शीर्षकमा मुख्य समाचार बनाइएको छ । समाचारमा उल्लेख भएअनुसार संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा परिभाषित गरेपनि अहिलेसम्म यो कागजमै सीमित रहेको छ । यसका लागि सरकारले ५ अर्ब बजेट विनियोजन गरेको भएपनि कार्यान्वयन फितलो देखिएको हो । समाचारमा अझैपनि सर्वसाधारणको लागि स्वास्थ्य सेवामा पहुँच पुग्न नसकेको, चिकित्सक गाउँमा नपुगेको, पैसाको जोहो नहुँदा बिरामी रोग पाल्न बाध्य भइरहेको र स्वास्थ्यमा व्यापार भइरहेपनि सरकारले रोक्न नसकिरहेको लेखिएको छ । पत्रिकाले उपसचिव बढुवाविरुद्द सरकारकै अधिकृत सर्वोच्चमा शीर्षकको अर्को समाचारलाई पनि शीर्ष स्थानमै छापेको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकमा ‘ पदमार्गमा हिमपहिरो’ शीर्षकमा मुख्य समाचार छापिएको छ । समाचारमा लेखिएअनुसार आधारशिविरको पदमार्गमा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोको चपेटामा परेको प्रहरीले जनाएको छ । पर्यटकलाई लिएर पदयात्रामा गएका गाडी पनि हिमपहिरोमा परेको समाचारमा लेखिएको छ ।

पत्नी र दुई छोरासहित थानकोटका विनय लामिछाने त्रिशूली नदीमा हेलिनुको कारण ऋण भएको नागरिकले लेखेको छ । सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए । नदीमा हेलिएका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीया जमुना रेग्मीको मृत्यु भएको छ । २ वर्ष र ६ महिनाका छोरा बेपत्ता छन् ।

तनाव व्यवस्थापनमा चुक्दा परिवारसहित विनयले आत्महत्याको प्रयास गरेको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार सेयर र कमोडिटी मार्केटमा भएको नोक्सानीका कारण उनले यस्तो कठोर निर्णय लिएका हुन् । विनयलाई भएभरका जायजेथा बिक्री गर्दा पनि तिर्न नसक्नेगरी ऋण लागेको थियो ।विनयले ‘ऋणमा डुबीसकेँ अब मर्छु’ भनेपछि श्रीमतीले ‘एक्लै होइन, परिवारै मरौं’ भन्ने प्रस्ताव गरेकी थिइन् । त्यसपछि उनीहरू दुवै छोरालाई लिएर धादिङतर्फ लागेको समाचारमा उल्लेख छ । कान्तिपुरले सामूहिक आत्महत्याका घटना बढ्नुको कारणबारे पनि सोधीखोजी गरेको छ ।

तत्कालीन द्वन्द्वकालमा माओवादी जनसत्ताले पास गरेका जग्गाका लिखतले मान्यता पाउन थालेको खबर नागरिकमा छापिएको छ । माओवादीले तत्कालीन अवस्थामा खडा गरेका जनसत्ताले पास गरेका लिखतलाई स्थानीय सरकारले मान्यता दिएका हुन् ।

रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकार नै ती लिखतलाई मान्यता दिलाउन लागिपरेका थिए । रुकुम, मुसिकोटका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताकै लिखतकै आधारमा पास खगरिएका जग्गाले कानूनी मान्यता पाइरहेका छन् । अहिलेसम्म रुकुमकाम कुल जनसत्ता लिखतमध्ये ८० प्रतिशतले मान्यता पाइसकेको उनले बताए ।

त्यस्तै रुकुमको त्रिवेणी गाउँपालिकालगायतले पनि त्यस्ता लिखतलाई मान्यता दिन अभियान नै चलाएको नागरिक समाचारमा उल्लेख छ ।अन्नपूर्णले वन विनाशमाथि मुख्य समाचार बनाएको छ । मधेस, पहाड, पूर्व–पश्चिम जताततै वन विनाशका घटना बढेको अन्नपूर्ण समाचारको सार छ ।एमसीसीमा सैन्य मामिला जोडिएको छैन भनेर अमेरिकाले दिएको प्रस्टीकरणलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ भने राजधानीले सभामुखमा नेकपाका अध्यक्षद्वय सहमति नजिक पुगेको लेखेको छ । यता नयाँ सभामुख चयनको विषयमा परेको असहमतिको गाँठो फुक्दै गए पनि अझै सहमति भने भइनसकेको आज कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्