नाट्टाको अध्यक्षमा गुरागाईं निर्वाचित



काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं नाट्टाको अध्यक्षमा गुरागाईं निर्वाचित  भएका छन् । नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वा्चित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरे ।

सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नाट्टाका नवनिर्वा्चित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन् । गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका गुरागाईंले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको संयोजक भएर काम गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्