सन्दीपको पहिलो ओभरमै विकेट



जारी बिग बास लिगमा (बीबीएल) मा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै विकेट लिएका छन् ।

उनी आवद्ध टीम मेलबर्न स्टार्सले पर्थ सोचर्स विरुद्ध १४२ रनको चुनौती पछ्याइरहेको छ । सन्दीपले निकै आक्रामक ब्याटिङ गरिरहेका लिभिङ्स्टोनलाई क्याच आउट गराएका हुन् । पहिलो ओभरमा सन्दीप ६ रन खर्चिएका छन् ।

टस जितेर मेलबर्नले पहिले ब्याटिङ गरेको थियो । मेलबर्नका लागि ओपनर कर्टराइटले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन् । कर्टराइटले भने ५६ बलमा ५८ रन जोडे । स्टोनिस ६, कउल्टर ७, मिड्डीसन ३ रनमा आउट हुन पुगे । कप्तान ग्लिन क्याक्सेल २५ र लार्किनले २४ रन जोडे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्