सडक दुर्घटना कम गर्न ‘कन्भेक्स मिरर’



सैघाली खबर,
पर्वत,२२ कात्तिक। – सडक दुर्घटना कम गर्न पोखरा बागलुङ सडकको पर्वत खण्डमा ‘कन्भेक्स मिरर’ राखिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा सडकका जोखिमयुक्त क्षेत्रमा कन्भेक्स मिरर राखिएको हो । पर्वत र कास्कीको सीमा नयाँपुलदेखि म्याग्दीको बेनी बजारसम्म २३ वटा कन्भेक्स मिरर जडान गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।

विशेष गरी सडकको असुरक्षित स्थानमा कन्भेक्स मिरर राखिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय बागलुङको सडक सुरक्षा कार्यक्रम अन्तर्गत पोखरा बागलुङ सडकखण्ड र मालढुंगा बेनी सडकखण्डमा गरी ३० वटा कन्भेक्स मिरर राखिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्