आस्था धेरै रुन्चे नबन भन्दै गायक राजेश पायलले लेखे यस्तो स्टाटस



काठमाडौं , गायक राजेश पायल राईले गायिका आस्था राउतलाई आफ्नो इज्जत ठाउँमा राख्न सुझाव दिएका छन्।

गायिका राउतले त्रिभुवन विमानस्थलमा देखाएको व्यवहारप्रति राईले श्रोता र दर्शकबाट माया लिने कलाकारले घृणा पनि सहनुपर्ने सुझाव दिएका छन्।

उनले विमानस्थलमा सुरक्षाका लागि जाँच गर्नु प्रहरीको अधिकार भएको गायिका राउतलाई जानकारी गराएका छन्।

बलिउड कलाकार शाहरुख खानलाई कट्टु लगाएकै अवस्थामा विमानस्थलमा जाँच गरेको भारतीय दृष्टान्त समेत उनले दिएका छन्।

गायक राईले गायिका राउतको रुन्चे व्यवहारप्रति सुझाव दिदैँ सामाजिक सञ्जालमा लेख्छन्, ‘धेरै रुन्चे नबन, अब तिमी ठूली भइसक्यौं।’

दर्शकको घृणा सहन सक्नेहरु नै कलाकार हुन सक्ने राईको धारणा छ। गायिका राउत र विमानस्थलमा खटिएका कर्मचारी दुवैलाई सुध्रन उनले सुझाव दिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्