तिम्रो बलात्कारबाट खतरनाक संन्तान जन्माउदै छु

जातीय विभेद विरुद्ध - कविता


कति लाउछौ भोटे ताल्चा मेरो स्वतन्त्रतामा कति निषेधित गर्छौ

स्कुल , धारा पधेरामा कति गर्छौ मेरा भावनालाई बलात्कार

तिमीले अछुत , दलित भनि गरेको मेरो निस्च्ल, निस्कपट भावनाको बलात्कार ,

अब म सहन नसक्ने भै सकेकी छु!

त्यही तिम्रो बलात्कारबाट एउटा कठोर संन्तान जन्माउदै छु ।

कति गर्छौ बलात्कार??

मेरो निर्दोष निस्चल र निस्वार्थ मनको प्रेमलाइ !

कति गर्छौ सानो जात देखाइ बलात्कार ?

बिवाहा जस्तो पबित्र बन्धन र सिउँदोको सिंन्दुरको बलात्कार

अब त म सहन नसक्ने भै सकेकी छु

तिमीले दिएको झुटो प्रेमको नाटक ,

लुटेका मेरा पबित्र यौबन ,

तिम्रो बाबाले दलित केटी भित्राउन सक्दिन भनी ,

तिम्रो आमाले गरेको अस्विकार ,

समाजले गरेको बहिस्कार,

अनि तिमीले सरि है भनी दोबाटोमा अलपत्र पारी फालिदिएको मेरो जिन्दगी ,

अब म यी बलात्कार सहन नसक्ने भै सकेकी छु!

तिमीले गरेको बलात्कारको बिजारोपण मेरो कोखमा बसिसकेको छ ,

मेरो आफ्नो अधिकार र तिम्रो अशंको दाबेदार एक खतरनाक !

तिम्रो अन्तिम चिहान बनी एक सन्तान मैले जन्माउदै छु ।

कति गर्छौ मेरो आत्मसंमानको बलात्कार ???

मेरो स्वभिमान, तिरंस्कार अनि मानव अधिकारको बलात्कार

तिमिले तल्लो जात भनी गरेको मेरो आत्मसंमानको बलात्कारबाट

तिम्रो खोक्रो आदर्श र जातिबादलाई बहिस्कार गर्ने

एउटा संमानित सन्तान जन्माउदै छु

कति लाउछौ बन्देज

धारा पधेरा, मन्दिर र सार्बजनिक स्थलमा दलितलाई निशेधित भनी तालाबन्दी

कति गर्छौ सार्बजनिक स्थलमा मेरो इज्जतको बलात्कार ???

दुनियाँलाई साक्षि राखी गरेको सार्बजनिक स्थलमा मेरो इज्जतको बलात्कार,

अब म सहन नसक्ने भै सकेकी छु ,

मेरो इज्जतको खुलेलाम दुनियाँको अगाडी बलात्कार हुदा ,

रमिते बन्ने यो समाजलाई चुनौती दिदै

समाजको अगाडि मेरो इज्जत फर्काउन ।

म तिम्रै बिर्यको भयाङकर शक्तिवान सन्तान जन्माउदै छु ,।

तिमीलाइ भष्म गर्न तिम्रै आफ्नै सन्तान जन्माउदै छु ।

कति गर्छौ बलात्कार ,???

मेरा अधिकार र मैले पाउने हिंस्साको

म पनि त यहि देशको नागरिक हो ,

मैले पाउने मेरो अधिकारलाइ बन्चित गरि

खुलेलाम अन्य समुदायलाइ थुपारी

मेरो अधिकारको बलात्कारको बदला लिन ,

म तिमिहरुसंग मेरो गुमेको मेरो अधिकार खोस्न,

तिमिले गरेको बलात्कारबाट

म एक साहसी सन्तान जन्माउदै छु , ।।।

कति गर्छौ दलितको लागि कानुनको बलात्कार ,

कानुन सबै नागरिकको लागि समान हो भन्दा भन्दै ,

दलितको लागि गरेको कानुन कार्यन्वयनको बलात्कार

म अब सहन नसक्ने भै सकेकी छु

त्यसैले त तिमिले नगरेको कानुन कार्यन्वयनको बलात्कारको बदला लिन

सडक बाटै न्याय दिलाउन एक बलवान् ,

भुसतिघ्रे सन्तान जन्माउदै छु ।

सक्छौ भने रोक हे ठुला जात भनाउदाहरु

हाम्रा , आत्मसम्मान , स्वतन्त्रता र स्वभिमानको बलात्कार गर्न ,

तिमिले गरेको हाम्रा पशिना , श्रम सिपको बलात्कारबाट

भयङकर आगोको मुस्ला दन्किएको छ ,

बम बारुद जस्तै अपमान बिभेदको शिकारबाट

यो छाती चर्किएको छ ।।

अब पनि बन्द गर्दैनौ भने

जातिय छुवाछूत र विभेद , कुसंस्कारको अन्त्य गर्दैनौ

भने अब एक आधीहुरि , बेग , तुफान सगै तिम्रा बलात्कारबाट

यहाँ प्रतिकार गर्न हजारौं सन्तान जन्मिने छन् ,

तिम्रा अहमता , घमण्ड चुर्ण गर्न

अब हजारौं सन्तान जन्मिने छन्

हजारौं सन्तान जन्मिने छन्

हजारौं सन्तान जन्मिने छन्

जातीय विभेद विरुद्ध – कविता

सरु सुनार – सन्चारकर्मी तथा अधिकारकर्मी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्