बिश्वकर्मा र राणाबीच मागी बिवाहा आमाबुबाले गरे गोडा धोएरै कन्यादान



नाकुटु च्यानाकुटु झ्याइ गर्ने बाजा , गर्ने बाजा, मनपरेको मायालाई पाएँ आज आज । बानेश्वर ब्याँकेट परिसरमा नौमती वाजा वजिरहेको थियो । अर्कोतिर परम्परागत रितअनुसार जग्गे राखिएको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको पानी खाँदै थिए । दुलहा दलित थिए, दुलही राणा ।

केहीले भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि किन पानी नै खानुप¥यो । दुलहीका मामाले जवाफ दिदै थिएँ : छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । वेहुली पक्षका कोही हुन्क्यार, सानो स्वरमा भनिरहेका थिए पानी नै त किन पिउनु र ? सायद दलित जातिको पानी किन खानु भनेको हो कि ? दुलहीकी आमाले भन्दै थिईन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ?

यो त झन् ठूलो पुण्य पो त । यो महान विचार सहित गैरदलित परिवारले दलित युवकलाई राजीखुशी आफ्नी छोरी कन्यादान गरी विवाह गरिदिइ जातीय विवेद र छुवाछूतको सामाजिक वन्देज तोड्ने महान कार्य गरेका छन् । हाम्रो समाजमा वर्षौदेखि वाधक बन्दै आएको विभेदलाई हटाउनका लागि ललितपुरका राणा परिवारले साहसिक उदाहरण प्रस्तुत गरेका हुन् । ललितपुर गोदावरीका राजवहादुर राणा र भूमिका राणाले आफ्नी छोरी सुम्निमा राणालाई गोडा धोएरै कन्यादान गरी अभिराज लकान्द्री विश्वकर्मासंग विवाह गरिदिएका हुन् । सुम्निमा र अभिराज अमेरिकाको अलग–अलग शहरमा विगत चार–पाँच वर्षदेखि नै काम गर्दै आएका छन् । उनीहरुवीच केही समय अगाडिदेखिको प्रेम थियो, जसलाई पूर्ण बनाउन केटा पक्षले केटीको घरमै गएर मगनी गर्दा राणा परिवारले जातपात सामाजिक रुढीवादी र समाज विकासको कलंक रहेको भन्दै कुनै नाइनास्ती नगरी सहर्ष स्वीकार गरी विवाह गरिदिने निर्णय गरेका थिए ।

दुवैपक्षका नातागोता, आफन्त इष्टमित्र भेला भई दुवैलाई जग्गेमा राखी विवाह गरिदिएका हुन् । दुलहा विश्वकर्मा समाजको वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्रीका छोरा हुन् । उनी अमेरिकामा बसेर मास्टर गर्दैछन् भने सुम्निमा पनि अमेरिकामा बसेर आइटी इन्जिनियर गरी काम गरिरहेकी छन् । उनी सेन्ट जेभिएर स्कुलकी फष्ट विद्याथी थिईन् । दुवै वीच भएको मगनी विवाहले समाजमा व्याप्त रहेको जातपात व्यवस्था केवल जातिवादी आडम्वर र रुढीवादी सोच रहेकोले प्रमाणित गर्दै यस्तो अन्तरजातीय विवाहले सवै जातिवीचमा भाइचारा, एकता र सहिष्णुता कायम गर्न उदाहरण दिएको छ । साभार -दैनिक समाचारबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्