खेलमा भाग लिन देउखुरी क्रिकेट क्लबका खेलाडी काठमाण्डौ प्रस्थान



टेकबहादुर पुन,दाङ्ग । नेश्नल टुर्नामेन्ट अण्डर १६ क्रिकेट प्रतियोगितामा भाग लिन काठमाण्डौ जान लागेका खेलाडीलाई सिभिल बैंक लमही शाखाले जर्सी हस्तान्तरण गरेको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अायोजित खेलाडी बिदाई कार्यक्रमको अबसरमा बैंकका प्रमुख साैरभ न्याैपानेले १५ हजार मूल्य बराबरको १२ वटा जर्सी हस्तान्त्रण गरेका हुन् । भने राष्ट्रिय क्रिकेट खेलाडी राजविर सिंङले ट्राभलिङ्ग जर्सी हस्तान्तरण गरेका छन् । त्यस्तै झलकसिङ रसाइलीले ६ हजार बराबरको ब्याट र बल हस्तान्तरण गर्दै खेलाडीलाई विदाइ गरेका हुन् ।
देउखुरी क्रिकेट क्लव बाट १६ जनाको टिम खेल सामाग्री लिएर काठमाण्डौ प्रस्थान गरेको छ ।

यहि माघ ६,७ र ८ गते काठमाण्डौमा हुन लागेको नेश्नल टुनामेन्ट अण्डर १६ क्रिकेट प्रतियोगितामा भाग लिन देउखुरी क्रिकेट क्लबका खेलाडी काठमाण्डौ प्रस्थान गरेका हुन् । टुर्नामेन्टमा देशभर बाट १६ वटा टिम अामने सामने हुनेछन् । देउखुरी क्रिकेट क्लबको नेतृत्व कप्तान विनायक डाँगीले गरेका छन् भने काेच अर्जुन बस्नेत रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्