सरकारले स्वास्थ्य र शिक्षालाई निशुल्क बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य खड्का



अर्घाखाँची,राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्का उज्जवलले सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड लुहेस्को अर्घाखाँचीको ११औं वार्षिक साधारण सभा को उद्घघाटन गर्दे खड्का ले यस्तो बताउनुभएको हो ।

शनिबार सन्धिखर्कमा आयोजित कार्यक्रममा मन्तब्य राख्दै सभासद खड्काले सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क सर्बशुलभ बनाई जनताको पहुचमा ल्याउनुपर्ने बताउदै जिल्लामा बसाईसराईको दर बढेको भन्दै यसको निराकरणको लागि जनप्रतिनिधिहरु एकजुट भई स्वास्थ्य संस्थाको गुणस्तर बृद्धिमा लाग्नुको विकल्प नरहेको जिकिर गदै अझै पनि कतिपय निजि क्षेत्रबाट सञ्चालित संस्थाहरु सिर्जनशीलताको कमीका कारण संस्थाको विकास हुन नसकेको भन्दै संस्थाको विकासको लागि सबै एकजुट हुनूपर्ने बताउनुभएको थियो नेकपा नेता समेत रहनुभएका खड्काले देशका ७७ बटै जिल्लामध्ये अर्घाखाँची जिल्ला हाबापानी भौगोलिक संरचना पुर्वाधार निर्माण कृषि पशुपालन को दृष्टिले समेत सुगम मानिएता पनि स्वास्थ्यका द्धृष्टिले केही अहजता पैदा भएकोले स्वास्थ्य संस्थाको विकासको लागिे सघीय सरकार प्रदेश सरकार स्थानीय सरकारमा जिम्मेबारी भुमिका खेल्ने बर्तमान सरकारले आमुल परिबर्तनको निम्ति नेतृत्वदायी भुमिका खेल्ने समेत जिकिर गर्नभएको थियो ।

कार्यक्रममा कार्यक्रममा औषधी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रेमबहादुर पछाई, क्यानसर रिलिज सोसाइटी तथा अर्घाखाँची हस्पिटल प्रालीका अध्यक्ष नारायण प्रसाद पौडेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसि प्रदेश सदस्य शोभाखर पन्थी लगायत का बक्ताले कार्यक्रममा मन्तब्य राख्दै शिक्षा स्वास्थ्यलाई सरकारले स्वाभित्वमा ल्याउनुपर्ने बताएका थिए कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, सचिव संगिता वेल्वासेको सञ्चालन र कार्यकारी निर्देशक तिलक मिश्रको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट व्यवासायी र एसईइ तथा प्लस ट’ लेभलमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्