कुटुमा कुटु का गायक राजनराज सिवाकोटीको प्रस्तुतीमा दर्शक झुमे



ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको सिसहनियाँ महोत्सवमा शनिवार चर्चित गायक राजनराज सिवाकोटीले एक दर्जन बढी गित गाएर दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् । उनको प्रत्येक गितमा दर्शकहरूको हुटिङको वर्षा सँगै नाचेका थिए । सुगम संगीत एवं नेपाली चलचित्र गीतहरुमा आफूलाई अब्बल रुपमा स्थापित गर्न सफल गायक सिवाकोटीले शनिबार राप्ती गाउँपालिका ५ सिसहनियाँमा सञ्चालन भइरहेको महोत्सवमा हजारौं दर्शकका माझ उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

सिसहनियाँ उद्योग वणिज्य संघको आयोजनामा प्रथम अाैधोगिक कृषि तथा व्यापार मेलामा सिवाकोटीले आफ्ना चर्चीत गीतहरु पस्केका थिए । गायक सिवाकोटीले पूर्व पश्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो, टाकन टुकुन टाक्क, चरी चट्ट परि हुरुरु खोली तिरै तिर, सुर्के थैली खै, कुटुमा कुटु, गोजीमा दाम छैन, चिरविर चिरविर चाँचरी लगायतका आफ्ना हिट गीतहरु गाएर हजारौं युवायुवतीहरुलाई नचाएका थिए । त्यस्तै लोक दोहोरी गायक ढाकाराम पाैडेलले पनि आफ्ना चर्चित लोकभाका मार्फत दर्शकहरूलाई मनोरञ्जन दिएका थिए भने अार्का गायक सुशिल आचार्यले पनि आफ्ना प्रस्तुती मार्फत दर्शकहरूलाई नचाएका थिए । भने डान्सर उषा र अाशा विकले पनि नृत्य मार्फत मनोरञ्जन दिएका थिए भने अन्य कलाकारहरूले पनि मञ्च तताएका थिए ।

शनिबार मात्रै करिव १० हजार दर्शकले मेला अवलोकन गरेको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । यसै बिच आइतबार गायक कृष्ण रेउले,गायिका दिक्षा सुनुवार र हास्यकलाकार कमल गाउले अाउने कलाकार संयोजक विक्रम रानाले जानकारी दिएका छन् । यसै बिच मेला पनि आइतबार नै समापन हुने सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्