स्थापना दिवसमा सामुदायिक विद्यालयलाई डस्वीन प्रदान



ओमप्रकाश गुप्ता,सिसहनियाँ । सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ माैरीघाटले अाफ्नो साताैँ स्थापना दिवस आइतबार मनाएको छ । संस्थाले गाउँपालिकाको वडा नम्बर ३,४,६ र ९ मा रहेका १३ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय २/२ वटा का दरले कुल २ हजार बराबरको २६ वटा डस्वीन प्रदान गरेको छ । सरसफाईमा सहयोग पुर्‍याउने उदेश्यले डस्वीन प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ नम्बर वडा सदस्य पोमलाल गिरी,संस्थाका संस्थापक अध्यक्ष दयाराम चाैधरी,दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका प्रअ सुर्यप्रकाश शर्मा ,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थागत जानकारी लेखा संयोजक रामप्रसाद चाैधरीले गराएका थिए । संस्थाकी सदस्य मता केसीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चाैधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्