‘अनियमिततामा डुब्दै स्थानीय तह’, मेडिकल कलेजभित्र मनपरी , हिमपहिरोमा अझै १० जना सम्पर्कविहीन



काठमाडौंबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस , ‘अनियमिततामा डब्दै स्थानीय तह’, मेडिकल कलेजभित्रको मनपरी, लगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले समेटेका छन् । लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

अनियमिततामा डुब्दै स्थानीय तह’ शीर्षकमा कान्तिपुरले स्थानीय तहभित्रका बेथितिबारे चिरफार गरेको छ । समाचारमा, गाउँ–गाउँमा पुगेका सिंहदरबारहरू अनियमितताका अखडामा परिणत हुँदै जान थालेका भन्ने खबर छन् । यसको दृष्टान्तका रूपमा यसले केही नमूना प्रसंग उल्लेख गरेको छ । कान्तिपुर दैनिकमा ‘अनियमिततामा डुब्दै स्थानीय तह’ शीर्षकमा मुख्य समाचार बनाइएको छ । समाचारमा उल्लेख भएअनुसार विराटनगर १४ का दुई सडक बनाउन दुई बेग्ला(बेग्लै उपभोक्ता समिति बनाइएको छन् । जम्मा नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोराबुहारी भएको खुलेको छ । पत्रिकाले यस्तो प्रतिनिधि उदाहरण समावेश गर्दै देशैभरिका स्थानीय तहमा यस्ता विभिन्न किसिमका अनियमितताका प्रवृत्तिहरु देखिएको विश्लेषण गरेको छ ।

त्यस्तै कर्णालीका ७९ स्थानीय तहमध्ये डोल्पोबुद्ध, छार्काताङसाङ र मुगुमकार्मारोङ गाउँपालिकाबाहेक बाँकी ६७ स्थानीय तहविरुद्ध अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागेको पाइएको पत्रिकाले लेखेको छ ।

उता प्रदेश नम्बर २ सरकारका चार मन्त्रालयले गत आर्थिक वर्ष उपभोक्ता समितिमार्फत बनाएका ८ सय ४२ फुटकर योजनामा छानबिन समितिले त्रुटि ने त्रुटि फेला पारेको समाचारलाई पनि शीर्ष समाचारमै समेटिएको छ । समाचारमा उल्लेख भएअनुसार एउटै योजनामा दुइपटक बजेट, एउटै साइटका दुई योजना र एउटै कामका लागि दुई मन्त्रालयबाट बजेट लगिएको समेत खुलेको छ ।

पत्रिकामा राष्ट्रियसभा चुनावले प्रदेश २ मा सरगमी बढाएको समाचार छ । प्रदेशमा सरकार चलाइरहेका समाजवादी पार्टी र राजपा प्रदेशसभाका विपक्षी दलसँग अलग–अलग गठबन्ध बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेकपा–राजपा गठबन्धनमा बहुमत रहे पनि काँग्रेस–समाजवादी गठबन्धनसँग फराकिलो मतान्तर छैन ।

त्यसैले नेकपा–राजपा आफ्नो मत सुरक्षित राख्ने प्रयत्नमा देखिन्छन् भने अर्को गठबन्धन मतदाता खोस्ने दाउमा छन् । प्रदेशगत रुपमा हुने राष्ट्रियसभा चुनावमा प्रदेशसभाका सदस्य नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । यसअघि प्रदेश २ बाट निर्वाचित राष्ट्रियसुभाका ८ जनामध्ये चारजनाको दुई वर्षे कार्यकाल सकिन लागेकाले माघ ९ गते निर्वाचन हुँदै छ । बाँकी ६ वटा प्रदेशमा पनि रिक्त हुन लागेका १४ पदका लागि त्यही दिन निर्वाचन हुने हो । अन्य प्रदेशमा नेकपाको सहज बहुमत छ । प्रदेश दुईमा नेकपा र राजपाको गठबन्धनको मतभार ५ हजार २०२ र काँग्रेस र समाजवादी गठबन्धनको मतभार ४ हजार ७४६ रहेको छ । अन्यको मतभार ८४ रहेको छ ।

नागरिक दैनिकमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएको समाचार छ । खोलबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ–दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरुसित मर्ने योजना बनाएको जानकारी दिए । पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हामफालेका थिए । संयोगले बाँचेका विनय अलिहे इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन् । प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात–आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन् । विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि विजनेसमा डेढ करोड रुपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ ।’ सापटी दिएकाहरुले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन् ।

कान्तिपुरमा विभिन्न सरकारी निकायहरूले भ्रष्टाचार र बेथितिबारे निकालेको रिपोर्टसँगै स्थानीय तहका केही प्रतिनिधि घटना प्रस्तुत गरेर बढ्दो अनियमितताको चित्र प्रस्तुत गरेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना नगरेको समाचार छ । बर्सेनि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको निर्देशनसमेत अटेर गरेका छन्। उनीहरूले अतिरिक्त शुल्क समायोजन वा फिर्ता जुन अनुकूल हुन्छ त्यही गर्ने सहमति शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेका थिए। त्यो काम भोलिपल्टदेखि नै गर्ने प्रतिबद्धता उनीहरूले जनाएका थिए। तर, विद्यार्थीलाई भर्पाई नदिई शुल्क असुलेका कलेजले फिर्ता दिनुको साटो मानसिक तनाव दिँदै थप शुल्क लिएको पाइएको छ। कलेजले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएका छन्। केहीले समायोजन गर्ने आश्वासन दिँदै विद्यार्थी झुलाइरहेका छन्।

नयाँ पत्रिका दैनिकमा काठमाडौंका कतिपय सहकारी संस्थाले चेक धरौटी राखेर कर्जा दिने गरेको पाइएको छ । काठमाडौंका केही सहकारीले नियमविपरीत ब्याजसहितको चेक अग्रिम रूपमा लिएर कर्जा दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । ऋण लिनेबाट कर्जा नउठेपछि सहकारी संस्थाले प्रहरीमा दिएको उजुरीले यससम्बन्धी तथ्य खुलेको हो ।

प्रहरीले भने सहकारीका त्यस्ता जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । ‘सहकारीहरूले नै चेक बाउन्सका उजुरी गर्न थालेका छन्,’ महानगरीय प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘बुझ्दै जाँदा त्यही चेक राखेर कर्जा देखिएको खुल्यो, यस्तो घटनाको हामीले अनुसन्धान गर्दैनौँ ।’ पछिल्लो समय सहकारीको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई छ । तर, स्थानीय तहले कारबाही गर्नुको साटो अनुसन्धानका लागि यस्ता विवाद उल्टै प्रहरीमा सिफारिस गर्दै आएका छन् । चेक बाउन्समा उजुरीमा कतिपय सहकारीबाट समेत आउने गरेको परिसरका डिएसपी कृष्ण चन्दको भनाइ छ ।

यस्तै पत्रिकामा हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर ९एमबीसी० पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएको खबर छापिएको छ । छन् ।

हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार जना कोरियाली र दुई जना नेपाली गाइड सम्पर्कविहीन भएको त्यही समूहसँगै पदयात्रामा रहेका अर्का एक जना गाइडले बताएका छन् । खोजी र उद्धारका लागि स्थलमार्गबाट गएको टोलीसमेत पहिरोस्थलमा पुग्न सकेको छैन ।

यता मनाङको थोरङपासमा पदयात्रामा गएका चार चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङपास गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको एक्याप कार्यालयले जानकारी दिएको छ । मौसम खुलेपछि पोखराबाट शनिबार बिहान ११ बजेपछि हेलिकप्टरले एक सयभन्दा बढी पर्यटकको उद्धार गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्