मेयर र उपमेयर बस्ने कोठा व्यवस्थापन गर्दा सेवाग्राही अलमलमा



जनक नेपाली

दाङ,१७ जेठ । विहानको ११ बज्न लागेको थियो । घोराही उपमहानगरपालिकाको पहिले दर्ता चलानी शाखा र लेखा अधिकृतको कोठा थाहा नपाउँदा धेरै सर्वसाधारण अलमै थिए । धेरै सेवा ग्राही भने हातमा फाईल बोकेर यताउता गर्दै गरेको देखिन्थे । तर आजभोली घोराही उपमहानरपालिकामा आउँने सेवाग्राही हरु यसरी नै अलमलमा पर्ने गरेका छन् । असार १४ गते हुने निर्वाचन पछि विजयी हुने मेयर र उपमेयर बस्ने कोठाको व्यवस्थापन गर्दा सेवा लिन आउने सेवाग्राही यसरी नै अलमलमा परेका हुन ।

१४ गते हुने दोस्रो चरण निर्वाचन पश्चात विजयी हुने जनप्रतिनीधिहरुका लागि कोठा ब्यबस्थापनमा सक्रिय भएका हुन् ।जिल्लामा रहेका दश स्थानीय तहहरु जनप्रतिनीधिहरुको लागि कोठा ब्यबस्थापनमा जुटेका छन् । जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु मेयर÷उपमेयर तथा अध्यक्ष र उपाध्यक्षको लागि कोठा ब्यबस्थापनमा सक्रिय भएका हुन् । यस्तै नगर तथा गाउँसभाका लागि बैठक हलको ब्यबस्थापनमा रहेका छन् ।

दुई दशकपछि विजयी हुने जनप्रतिनीधिहरुको लागि भन्दै जिल्लामा रहेका घोराही र तुलसीपुरउपमहानगरपालिका, लमही नगरपालिका तथा जिल्लामा रहेका सात गाउँपालिकामा विजयी हुने प्रमुख र उपप्रमुखका लागि कोठा तथा हल कोठाको ब्यबस्थापनमा सक्रिय रहेको घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।सरकारले जिल्लामा दश स्थानीय तहको संरचनासंगै कार्यकारी अधिकृतसहित लेखापालको ब्यबस्थापन गरेको थियो । स्थानीय तहको संरचना घोषणासंगै निर्वाचनको मिति घोषणा भएपछि पहिलो काम जनप्रतिनीधिहरुका लागि कोठा ब्यबस्थापन तथा तहको बस्तुस्थितिको पहिलो काम रहेको बंगलाचुलीका गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभएको छ ।

जेठ ३१ गते निर्वाचन हुने भएकाले त्यसैका आधारमा कोठा ब्यबस्थापनमा लागेको स्थानीय तहका कर्मचारीहरुले बताएका छन् । काम, कर्तब्य र अधिकार अहिलेका प्रमुख र उपप्रमुखलाई रहेकाले तत्काल कोठाको ब्यबस्थापनमा लागेको पौडेलको भनाई रहेको छ ।यस्तै घोराही उपमहानगरपालिका कार्यालय पनि मेयर रउपमेयरका लागि भन्दै कोठा ब्यबस्थापनमा लागेको छ । कार्यालयले मेयर र उपमेयरका लागि कोठाको तयारीमा लागेको छ । यस्तै बैठक हल र कार्यकारी अधिकृतका लागि पनि कोठाको ब्यबस्थापनमा लागेको कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

उपमहानगरपालिकाले हालको कार्यकारी अधिकृत रहेको कोठालाई मेयरका लागि छुट्याउने तयारी गरेको छ । त्यसैगरी घरनक्सा (अमिन) कोठालाई उपमेयरका लागि तयार पार्न थालिएको छ ।यस्तै प्रशासन शाखा रहेको कोठामा कार्यकारी अधिकृतको लागि तयारी गरिदै छ त्यसैगरी उपमहानगरपालिकाको माथिल्लो तलामा रहेको सानो हललाई जनप्रतिनीधिहरुको बैठक कोठाका रुपमा तयारी थालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्