फेरि बढ्यो देउखुरीमा बोइलर कुखुराको मुल्य



ओमप्रकाश गुप्ता, भालुवाङ । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य शनिबार देखि लागु हुने गरी २० रूपैयाँ पुन बढेको छ ।

देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिबार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य पुन बढाएको हो । अव जिउदो कुखुराको मुल्य २००, रुपैयाँ कायम गरेको छ भने फ्रेसमासुको मुल्य ३०० रुपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको मुल्य १८० थियो भने फ्रेसमासुको मुल्य २८० रुपैयाँ कायम गरेको थियो । कुखुरा कमी र माग अत्याधिक भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्