सकियो ओली-प्रचण्डबीचको छलफल, आजै ४ बजे सचिवालय बैठक बोलाइयो



काठमाडौं । सभामुख चयनका लागि बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ । आइतवार विहान करीब साढे २ घन्टा बालुवाटारमा बसेको प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको हो ।

दुई नेताबीचको बैठले आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
‘सभामुख आपसी समझदारीमा चयन गर्ने निर्णय भएको छ, त्यसका लागि ४ बजे सचिवालय बैठक बोलाइएको छ’ महासचिव पौडेलले भने,‘आजै सभामुखबारे टुंगो लाग्नेछ ।’

भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि सदासयता देखाएपछि सभामुख बारे निर्णय हुन सकेको थिएन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्