दुई सय बालबालिकाहरु न्यानो कपडा



सैघाली खबर
दाङ, २२ कार्तिक । जिल्लाका करिव दुई विपन्न वालवालिकाहरु लाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र नेपाल दाङ , सामाजिक अभियान्ता बेलायती शिला बिजया र श्रीया गिरीको जन्मोत्सवका अवसरमा जिल्लाका सामुदायिक तथा निजि विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाहरु लाई न्यानो कपडा वितरण गरिएको हो । जाडो समय सुुरु संगै ‘बाल संरक्षण’ कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने र सह–सचिव गीता गिरीले जिल्लाका बुधवार श्री गोरक्ष रत्ननाथ मावि चौघेरा र मावि डाँडाँगाँउ गोग्लीका ५० जना बालबालिकाहरु न्यानो कपडा वितरण गरी उक्त कार्यको थालनी गर्नुभएको हो । सामुदायिक केन्द्रको आर्थिक सहयोगमा अध्यापन गर्दै आईरहेका दाङका विपन्न, द्वन्द पिडित , विस्थापित , एकल महिला, बेसाहारा, सडक बालबालिकाहरु लगाएतका बालबालिकाहरुको जिल्लाका करिव ३५ विद्यालयका बालबालिकाहरुलाई कपडा वितरण गरिदै छ ।

जसमा आज विहिवार देखी माउण्ट भ्यु घोराही, हिन्दुविद्यापिठ, सिद्धार्थ मावि, ज्ञानज्योती, पद्यमोदय पव्लीक नुमना भरतपुर, सरस्वती मावि काठेको मावि मदपुर, जनज्योती मावि तुईखोला, गुरुजजुर मावि रक्षाचौर, मावि खाद्रे , मावि सेन्टर, प्रावि बखरिया, अम्वीकेश्वरी मावि लगाएतका विद्यालयहरु विहिवार देखी न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्