आर्थिक

ग्लोबल आइएमई बैंकले ल्यायो २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

By Thah Online

January 19, 2020

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकै साता २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनार र नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानीयको विस्तारित बैंकिङ मागलाई मध्यनजर गर्दै सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।