देशभक्तहरुको असली अनुहार एमसीसीको सवालले नै छर्लंग बनाइदियो – चर्चित नायिका रेखा थापा



काठमाडौँ । चर्चित नायिका रेखा थापाले एमसीसीबारे पनि सामाजिक संजाल मार्फत आफ्नो कडा प्रतिक्रिया दिएकी छिन । मेलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौतको चौतर्फी व्यापक बिरोध भइरहेका बेला चर्चित अभिनेत्री रेखा थापाले सामाजिक संजालमा यस्तो बिरोध जनाएकी हुन् । आइतबार बिहान सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नायिका थापाले देशभक्तहरुको असली अनुहार एमसीसीको सवालले नै छर्लंग भएको बताइन ।

उनले आफ्नो फेसबुक स्टाटसमा भनेकी छिन- “देशभक्तहरुका असली अनुहार यही एमसीसी को सवालमा देखिने भए । कुन बाध्यताले यती धेरै निर्लज्ज बनेर एमसीसीको पक्षमा चाकरी गरिरहेका छन” ? अभिनेत्री थापाले एमसीसीको समर्थन गर्नेहरुलाई प्रश्न गर्दै भनिन्- “जनताले तिरस्कार गरेको आइपिस/ एमसीसी को कुरामा किन ढिपी गर्नु परेको होला” ?

थापाले अगाडी थप्दै भनिन- ”गोगाए वापत कसैलाई के के उत्थान उपहार मिल्ने हो ?” नायिका रेखा थापाले एमसीसी पास गर्नुको कुनै औचित्य नरहेको भन्दै नेपाल जस्तो देश पैसा नभएर गरिब नभएको समेत स्पष्ट पारिन । यसअघि पनि अभिनेत्री थापाले एनसिएलले सरकार समक्ष कर छली गरेको भन्दै सामाजिक संजालमा कडा बिरोध जनाएकी थिइन् ।

यस्तो छ उनको फेसबुक स्टाटस – “देशभक्तहरुका असली अनुहार यही MCC एमसीसी को सवालमा देखिने भये । कुन बाध्यताले यती धेरै निर्लज्ज बनेर MCC को पक्षमा चाकरी गरिरहेका छन? जनताले तिरस्कार गरेको IPS/MCCको कुरामा किन ढिपी गर्नु परेको होला? जोगाये बापत कसलाई के के उत्थान र उपहार मिल्ने हो? सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरीब भएको होइन ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्