भन्सार छली ल्याउँदै गरेका ५४ वटा खसी बरामद



कपिलवस्तुको बिजयनगर गाउँपालिका ५ नौरङ्गियाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीलाई देखेर ल्याउँदै गरेको उक्त खसीहरू छोडी मानिस फरार भएपछि ती खसीहरू नियन्त्रणमा लिइएको उक्त प्रहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्