कांग्रेसद्धारा देशैभर सूचना प्रविधि विधेयकको विरोध




प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकको विरोधमा देशैभरबाट विरोध गरेको छ ।

आइतबार ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाएर कांग्रेसले विधयेकको विरोध गरेको हो । कांग्रेसले ७७ वटै जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

‘नागरिकको बोल्न पाउने अधिकारसमेत कुण्ठित गर्नेगरी तयार भएको विधेयक फिर्ता लिनै पर्छ,’ उनले भने, ’सामाजिक सञ्जालमा कसैले कसैलाई व्यंग्य गरे पाँच वर्ष जेल र १५ लाख जरिवानालगायतका प्रावधान खारेज गरिनु पर्छ । आलोचना र व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्र अधिकार हो । सरकारले आलोचना हेरेर सच्चिनु पर्याे ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्