एमसिसी प्रति सहमत छु : सभापति देउवा




प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा रहेको बताए ।

प्रेस युनियन दाङले आइतबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले एमसिसी पारित गर्ने पक्षमा कांग्रेस रहेको बताए । उनले भने, ’एमसिसी मेरो पालमा सम्झौता भएको हो । कांग्रेस यसको पक्षमा छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा पहिलो पटक अमेरिकाले ठूलो राशी आर्थिक सहयोग गर्न लागेकाले यस्तो महत्वपूर्ण सहयोग कुनै पनि हालतमा रोक्न नहुने बताए ।

एमसिसीको सहयोगले नेपालको विद्युत् तथा सडक निर्माणमा धेरै ठूलो सहयोग हुने उनले बताए । नेता देउवाले आफ्ना पालामा सम्झौता भए तापनि यसलाई अहिलेको सरकारले अगाडि बनाउन आफू विश्वस्त रहेको पनि बताए । सभापति देउवाले आफ्नै पालामा बुटवलमा अस्थायी प्रदेश ५ को राजधानी तोकेको बताए । तर अहिलेको सरकारले स्थायी राजधानी तोक्ने बताए । त्यसैगरी उनले राष्ट्रियताको पक्षमा बोल्दा साथीलाई चित्त दुखाई भएको समेत बताए ।

उनले भने, ’कालापानी, लिपुलेक नेपालको हो, भारतको भन्दा साथीको बढी चित्त दुखेछ ।’ त्यसैगरी उनले वर्तमान सरकारले दुई वर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको पनि आरोप लगाए । उनले अहिलेको सरकारले दुई वर्षमा दुईवटा राम्रा काम पनि गर्न नसकेको आरोप लगाए । साथै उनले यो सरकारले कार्यकर्तालाई पैसा बाड्ने काम मात्र गरेकाले भ्रष्टाचार बढाएको समेत आरोप बताए । सभापति देउवाले कांग्रेसले भद्र र सभ्य तरिकाले प्रतिपक्षको भूमिका निभाइरहेको भन्दै कुनै मुद्दालाई लिएर कांग्रेसले कुर्सी तथा रेलिङ नभाँचेको समेत बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्