तमोर जलविद्युत परियोजना निर्माणको जिम्मा चिनलाई




लामो समयदेखि विवादित रहेको ७ सय ५६ मेगावाटको तमोर जलविद्युत परियोजना निर्माणका लागि लगानी बोर्डले चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।

आइतवार लगानी बोर्डले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र पावर चाइनासँग ७ सय ५६ मेगावाटको तमोर जलविद्युत् परियोजना विकासका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

गत साउनमा बसेको बोर्डको ३९ औं बैठकले तमोर परियोजनाका लागि दुईवटा कम्पनी छनोट गरी प्रस्ताव माग गर्ने निर्णय गरेको थियो । तिमध्ये चिनियाँ कम्पनी रोजाईमा परेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्