पश्चिम नवलपरासीमा जबरजस्ती करणी गर्ने एक जना पक्राउ



जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जबरजस्ती करणी गर्ने मुद्धामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका वडा नम्बर दुई बत्रौली बस्ने २२ बर्षिय रोहित यादव रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बिगत केहिदिन देखि आफनो ठुली आमाको घरमा बस्दै आएकी १४ बर्षिय बालिकालाई शनिबार साझ ६ बजेको समयमा बाटोमा हिडिरहेको अवस्थामा जबरजस्ती समाती बोल्न कराउन नदिइ बाटो नजिकैको खेतमा लगि जबरजस्ती करणी गरेका हुन् ।

पक्राउ परेका यादवलाइ जबरजस्ती करणी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्