कमलेश चन्द्र गुप्ता,कपिलवस्तु
कपिलबस्तुको तौलिहवामा समाजवादी पार्टी र राजपा नेपाल कपिलवस्तुले संयुक्त रुपमा दीप प्रज्वलन गरी बलिदानी दिवश मनाएका छन।
मधेश आन्दोलनका शहीदहरुको सम्झनामा कपिलवस्तुको तौलिहवाआ पनि बलिदानी दिवस मनाइएको हो। मधेश विद्रोहको क्रममा शहिद भएको सम्झनामा बलिदानीको संज्ञा दिँदै मधेश केन्द्रीत दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन्।
दीप प्रज्जवलन अघि आयोजित कार्यक्रममा बोल्ने समाजवादी र राजपाका नेताहरुले शहिदहरुको बलिदानीका कारण देशमा परिवर्तन भएको बताए । उनीहरुले शहिदहरुको सपना साकार पारेर छाड्ने दाबी गरे।
कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव ,बजरंगी चौधरी , इरफान खान , राजपा कपिलवस्तुका अध्यक्ष कैलाश अग्रहरी , मधु सुदन चौधरी , लगायतले बोल्दै अहिलेको संविधानले सबै नागरिकको अधिकार समेट्न नसकेकोले संविधान संशोधनको आवश्यकता रहेकोमा जोड दिए। उनीहरुले संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।