दाङ कांग्रेसको चुनावी अभियान




सैघाली खबर

दाङ, २२ कार्तिक । आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागि नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी अभियान तीव्र बनाएको छ ।गाँउगाँउमा पुगेर चुनावी प्रचार प्रसार संगै अगुवा नेता कार्यकर्ता भेटघाट गरिरहेका यस क्षेत्रका उमेद्वारहरुले वुधवार पनि गाँउगाँउमा कार्यक्रम गर्न व्यस्त रहेको प्रचार प्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो । यस क्षेत्र क्षेत्र नंं.२ बाट प्रतिनीधी सभा सदस्य उम्ेदवार राजु खनाल, प्रदेश (क) का उमेद्वार कमलकिशोर घिमिरे र प्रदेश (ख) का उमेद्वार भरतबहादुर न्यौपाने सहित समानुपातिक उमेद्वार सावित्रा राना, अर्जुनकुमार श्रेष्ठ, पुष्पा वादी लगायतको टोली चुनावी प्रचारमा व्यस्त रहनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाँउ, वडा नम्बर ७ को सौडियार, वडा नम्बर १७ कर्जाही, पनौरा लगायतका स्थानमा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उम्मेदवार राजु खनालले देशको हरेक विकास काम कांग्रेसको नेतृत्वमा भएको बताउदै अब पनि देशलाई कांग्रेसकै नेतृत्व आवश्क भएको बताउनुभयो । प्रदेश सभा सदस्यका लागि (क) का उम्मेदवार कमल किशोर घिमीरेले लोकतन्त्रलाई स्थायित्व दिनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा निवर्तमान सांसद एवं कांग्रेस नेतृ अनिता देवकोटाले कांग्रेसको एकता देखेर गठबन्धन अत्तालिएको बताउनुभयो । आगमी निर्वाचनकालागि कांग्रेसहरु एक भएको देखेर गठबन्धको मनोवल गिरिसकेको देवकोटाको भनाई छ ।विभिन्न स्थानमा भएको कार्यक्रममा कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, निवर्तमान सभापति घनश्याम रेग्मी, प्रचाररप्रसार समितिका संयोजक एवं साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीले मन्तव्य राख्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्