आजदेखि फेरि पश्चिमी वायुको प्रभाव : पानी र हिउँ पर्ने , कुन ठाउँमा कस्तो ?



काठमाण्डौ । सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका भूभागमा बिहानैदेखि लागेको कुहिरो पनि सोमबार दिनभर हट्ने सम्भावना छैन । काठमाण्डौसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । सोमबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्