सभामुखमा कस्तो व्यक्ति चयन गर्ने ? कांग्रेसले पनि उमेदवारी दिने



काठमाडौं । सत्तारुढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाएको छ। नेकपा सचिवालयको आइतबारको बैठकले पार्टी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तर यति बेला रार्मो व्यक्तिलाई सभामुखमा छान्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने कुरामा नेतृत्वले हेक्का राख्नत नसकेको भन्दै आलोचना भइरहेको छ ।

यसैबीच यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।

कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ ।

नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसकेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्