रेड पाण्डाको छाला सहित ३ जना पक्राउ



ललितपुर महानगरपालिका १७ ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका ५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका ४ बस्ने २० वर्षीय तिलक बस्नेत र नलगाड नगरपालिका ५ बस्ने २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएस क्याफेबाट उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्