राष्ट्रिय जनमोर्चाको क्षेत्रिय स्तरिय भेला सम्पन्न



सैघाली खबर
दाङ, २२ कार्तिक । राष्ट्रिय जनमोर्चा को निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको साबिक मानपुर र बिजौरी को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सद्स्य बिस्णु केसीको अध्यक्षतामा एंव राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार गणेश प्रसाद आचार्यको प्रमुख आतिथ्यताका सम्पन् भएको थियो । भेला लाई सम्वोधन गर्दै प्रमुख अतिथि आचार्यले  गणतन्त्र र राष्ट्रियताको रक्षा तथा समृद्ध नेपाल निर्माण को लागि राष्ट्रिय जनमोर्चा लाई बिजयी गराउनु पर्नेमा जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य २ ख का उम्मेदवार टीका बिक लगाएतकाले बोल्नु भएको थियो । त्यस्तैभेलाले बिष्णु केसीको संयोजकत्वमा ३१ सद्स्यिय प्रचार प्रसार समिती गठन गरेको छ ।

साथै यहि कार्तिक २८ गते पार्टी अध्यक्ष चित्र बहादुर के सि को उपस्थितिमा लमही मा हुने सभा मा सहभागी हुने निर्णय गर्नु का साथै प्रचार प्रसार का मसिना कार्यक्रम समेत तय गरेको छ । उक्त कार्यक्रमको संचालन प्रचार प्रसार समिती सद्स्य सुशील पोख्रेलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्