कृषि तथा ब्यापारिक महोत्सबमा राप्ती नदीको जलीय जैविक विविधता शुचना केन्द्र

निशुल्क सुचना, कानुन बाड्दै मानब कल्याण र राप्ती गाउँ पालिका


दाङ, माघ ८

राप्ती गाउँपालिका -५ सिसनियामा सन्चालन भएको  कृषि तथा ब्यापारिक महोत्सबमा, मानब कल्याणले राप्ती नदीको जलीय जैविक विविधता सम्रक्षण गर्न गरेका गतिबिधि बारे जानकारि दिन जलिय जैबिक बिबिधता सम्बन्धि शुचना केन्द्र स्थापना गरि यस क्षेत्रको जलिय जैबिक बिबिधता सम्बन्धि प्रचार प्रचार गरेको छ ।

शुचना केन्द्रमा हजारौं दर्शक हरुले अबलोकन गरेका थिय । शुचना केन्द्रमा मानकल्यानका प्रदिप मजगैया , राम मोति चौचरि, पाटेस्वरि चौधरि र मिन महतराले जलीय जैविक विविधता सम्रक्षण सम्बन्धि जानकारि दिनु भएको थियो। स्टल नं ६-७ मा रहेको प्रदर्शनिमा , विनासकारी माछा मार्ने तरीका बम,करेन्ट,बिषादी रोकथाम रोक्ने जानकारि , परम्परागत माछा मार्ने औजार बारे जानकरि , कानुनि प्राबधान को बरेमा जानकरि गराइएको थियो , भने जलचर एब जलिय जैबिक बिबिधता संरक्षण ऐन निशुल्क बितरण गरिएको मानब कल्यान का कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँ ले जानकरि दिनु भयो ।

पानी परीयोजनाको सहयोगमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले विगत १ बर्ष देखि दाङको गढवा, राजपुर गाउँपालिका र लमही नगर पालिकामा राप्ती नदीको जलीय जैविक विविधता संरक्षण गर्न विभिन्न क्रियाकलापहरु संचालन गरीरहेको छ । परियोजना पश्यात विभिन्न पालिकाहरुमा गठन भएका ८ वटा माछा संरक्षण समुह ८ वटा ईको क्लवहरु, समन्वय समितीहरु, गस्ती तथा अनुगमन टोलीहरु र सरोकारवालाहरुको सक्रियतामा राप्ती नदीको जलीय जैविक विविधता विनास गर्ने, मुख्य समस्यको रुपमा रहेको विनासकारी माछा मार्ने तरीकाहरुमा बम,करेन्ट,बिषादी रोकथाम संगै माछा लागायत जलीय जलचरहरुको संख्यामा उल्लेखनिय बृद्धि भएको देखीएको छ । नितीगत रुपमै राप्ती गाउँपालिका, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाहरुले जलयि एबम् जलचर ऐन २०७५ समेत निर्माण गरी जलीय जैविक विविधता संरक्षण गर्न पहल समेत गरिरहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्