संस्कार हराए संस्कृति हराउँछ

संस्कार बिनाको संस्कृती पहिचान बिहिन राष्ट्र


शोभित जंङ्ग शाही,दाङ
हाम्रो संस्कति कुनै पनि बस्तु वा जातिको रहनसहन भेषभुषा आदिलाई परिमार्जन गरेर चम्किलो बनाउने कामलाई नै संस्कार वा संस्कृति भनिन्छ । समाज भन्नासाथ विभिन्न धर्मावलम्बी र जातजातिले भरिपूर्ण भएको समूह वा क्षेत्र भन्ने हुन्छ । त्यस भित्र अनेक जातजातिको संस्कार पनि मौलाएको हुन्छ । यही अनेकता भित्रको एकता हुनु नै वास्तविक नेपाली संस्कतिको विशेषता हो । वास्तवमा संस्कृति शब्दले व्यापक क्षेत्रलाई ओगटेको हुन्छ । यसले मानव जीवनका सम्पूर्ण पक्षलाई समेटेको हुन्छ ।

यस दृष्टिकोणले पनि नेपाली संस्कृति विविधतामय छ । सांस्कृतिक दृष्टिकोणले नेपाल अत्यन्त समृद्धशाली छ । नेपाली संस्कति यहाँ रहेका विभिन्न जातजातिको रहनसहन र रीतिरिवाजमा मात्र सीमित छैन । यहाँको कला,संस्कृति,भाषा, साहित्य जस्ता क्षेत्रमा समेत विकसित भएको छ । यहाँको कला र संस्कृति प्राचीन कालदेखि नै अक्षुण रुपले विकसित हुदै आएको छ । जसको वीजारोपण हाम्रा ऋषिमुनिहरूले पवित्र हिमालयको काखमा बसेर तपस्या गरी आरम्भ गरेका थिए ।

हाम्रो संस्कृति पूर्वीय परम्परावाट प्रभावित छ । जस्तै
मातृ देव भव स्पितृ देव भव ः
आचार्य देव भव ः
जननी जन्म भुमिश्चप स्वर्गदपि गरिएसी
अर्थात स्( हाम्रो समाजमा अतिथि र गुरुलाई देवता समान मान्नु, आफू भन्दा ठूलालाई आदर र सानालाई माया दिनु नेपाली संस्कृतिभित्रै पर्दछ । यिनै परम्परालाई हामी नेपालीहरूले आत्मसात गरेका छौं । अझ परोपकार र समाजसेवा नेपाली समाजका सँस्कारगत विशेषता हुन् । तर बिस्तारै हामी यो कुरा भुल्दै गएका छौ । आफूले जे जस्तो अप्ठेरो सहेर भए पनि आफ्नो घरमा आएको पाहुनालाई सेवा सत्कार गर्नु पर्छ, राम्रो र मीठो खाना खान दिनु पर्छ भन्ने मानसिकता हामी नेपालीमा रहेको हुन्छ । यसरी विविध संस्कतिले भरिपूर्ण भएको मुलुक नेपालमा हिजोआज पाश्चात्य संस्कृतिले प्रभाव पारेको छ भने त्यसले केही विकृत पक्षहरूलाई पनि प्रवेश गराएको छ ।

यदि हामी आजै नउठे भोलि त्यस्तो दिन मात्र देख्न बाकी रहेने छ कि ,त को होस भन्दा म मै हु भन्न सक्ने छैनौ ! केबल मौन गुप्तचुप ध्यान मग्न ढुङ्गा सरि बस्न बाहेक अरु केही उपाए रहने छैन ।

अहिले आएर हामी दसैं भन्दा भब्य तरिकाले क्रिसमस मनाउछौ । तिहार भन्दा भब्य तरिलाले भ्यालेनटाइन डे मनाउछौ । यसको मतलब नमनाउने भन्न खोजेको होइन । मनाउनु पर्छ तर आफ्नो संस्कार र संस्कृतिलाई कुनामा राखेर हुदैन किनभने हराए संस्कार, हराउँछ संस्कृति,हराए संस्कृति ,हराउँछ पहिचान , हराए पहिचान हराउँछ राष्ट्र । अनि पहिचान बिहिनको राष्ट्र , राष्ट्र रहन सक्दैन ।

ॐ असतो मा सद्गमय ।तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ।।
अथार्त स्( ॐ शब्दद्वारा ओम, असत्यबाट मलाई सत्यतिर डोर्याउँछ,
अँध्यारोबाट मलाई उज्यालोमा र्डोयाउछ ,मृत्युबाट मलाई अमरत्वमा र्पुयाउछ ,
ओम शान्ति शान्ति शान्ति अथार्त म शान्त स्वरुप आत्म हु । यहाँ हाम्रो देशमा बाहिर बिदेश देखि पर्यटकहरु नेपालको भौतिक र प्राकृतिक हिमशृङ्खला ,नदि , नाला आदिको संसारमा घुम्न रमाउन मात्र आउदैन । यो पछि पनि अर्को एउटा बिश्वकै दुर्लभ संसार छ जुन हो करुणा ,प्रेम, दयाको संसार । बिश्वको कतिपय देशमा एउटा ४ बर्षको उमेर देखि नै बालबालिकालाइ आफै खान सिकाइन्छ, आफै कपडा आइरन गरि आफै लगाउन सिकाइन्छ । अनि तेहा प्रत्येक कोठामा छुट्टाछुटै टिभी रहन्छ ।

खाना खानी समएमा हरेक सदस्य छुट्टाछुट्टै आफ्नो कोठामा गएर छुट्टाछुट्टै बसेर टिभी हेर्दै खाना खानि गर्द्छन तर नेपालको परिवेशमा मैले आफै देखेको छु । एउटा आमाले आफ्नो छोरालाइ ८ बर्षको उमेर सम्म पनि आफ्नै हातले खाना खुवाइदेको । आफै कपडा लगाइदिएर स्कुल पठाएको । नेपालमा एउटा घरमा एउटा टिभी हुन्छ अनि खाना खानी बेला सङ्है बसेर खाना खान्छौ अनि सबै परिवार मिलेर टिभी हेर्नी गर्दछौ । यहि नै माया हो जुन बाहिर विकसित देशहरूमा धेरै दुर्लभ छ ।

पर्यटकहरु नेपाल आउँछ्न महिना दिन घुम्छन प्रकृतिको स्वाद साथ साथै यहाँ बटा आफ्नो देशमा जुन प्रेम पाउदैनन बर्ष भरिको तेहि अथाह प्रेम बोकेर जान्छ्न । त्यसैले नेपाललाई हिमाल र नदिले मात्र मोहित पार्दैन बिश्वलाई यहाँको दुर्लभ संस्कृतिले पनि लोभ्याउछ।मानिस भित्र रहेको स्वार्थी र एकोहोरो (भेडो) प्रवृत्ति, अनि बैगुनी चरित्रले हाम्रो संस्कारलाई दूषित बनाएको छ । कुनै काम नगरी आफ्नो नाम चलाउन चाहने स्वभावले उन्मुक्त हुन, अनि एक अर्काको खुट्टा तान्ने प्रवृत्ति हावी हुनु र पवित्र हाम्रा संस्कृतिलाई केवल संग्रहालय र म्यूजियममा मात्र सीमित राखी विदेशी संस्कृतिको खोल ओडेर आफूलाई महान बनाउन चाहने प्रवृत्तिआदिले पनि हाम्रो संस्कृतिमा आघात पुगेको छ । विशेषतः समाजमा रहेका बहुसंख्यक युवा वर्ग विदेशी संस्कृतिको प्रभाववाट थिचिएका छन, किचिएका छन् । त्यसैले नेपाली भूमिमा मौलाएको पवित्र संस्कृति प्रति परेको आघातलाई रोकथाम गर्न सम्पूर्ण जातजाति भाषाभाषीहरू नै सचेत हुनु आवश्यक देखिन्छ ।

समष्टिमा भन्दा संस्कृति भनेको कुनै पनि जातजातिको पहिचान गराउने मूल आधार हो । संस्कृति नै नहुनु भनेको आफ्नो अस्तित्व नै रहन नसक्न् हो । त्यसैले समाजमा रहेका हरेक धर्म जात जाति र धर्मावलम्बीले आ–आफ्नो संस्कृतिको संरक्षणका निम्ति लागि पर्नु पर्दछ । किन भने आफ्नो असल संस्कृतिको विकास र उत्थानले नै त्यस समाज र राष्ट्रका जातिको उत्थान र प्रगति हुन सक्छ भन्ने कुरा मनन गरी हामी सबै त्यस तर्फ सचेत हुन आवश्यक छ । भनिन्छ, कुनै पनि गाउँ, समाज र राष्ट्रलाई लथालिङ्ग र भताभुङ्ग पार्नु छ भने सबभन्दा पहिला त्यस क्षेत्रको संस्कतिलाई ध्वस्त पार्नु पर्दछ । आफ्नो समाजको संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्न सके प्रगति स्वतः भइहाल्छ । तसर्थ समाजमा रहेका सचेत वर्गले आफ्नो संस्कृतिको संरक्षणका निमित्त विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्