शंकर के सी
दाङ, २२ कार्तिक । पशुपालन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम दाङ शान्तिनगरको चिराघाटमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिका अन्तर्गत पशुस्वास्थ्य शाखाले अभिमुखिकरणको आयोजना गरेको हो ।कार्यक्रममा उपस्थीत किसान तथा सरोकारवाला व्यक्तिहरुलाइ यस आर्थिक वर्षमा गाउँपालिकाले पशुपालनको क्षेत्रमा छुट्याएको बजेट,कार्यक्रम र सेवा सुविधाका बारेमा अभिमुखिकरण गरिएको पशुस्वास्थ्य शाखाका प्रमुख देवराज आचार्यले बताएका छन् ।
उनले यस आर्थिक वर्षमा गाउँपालिका भरि पशु तर्फ २५ लाख ७६ हजार रुपैया खर्च गरिने जानकारी दिनुभयो । उक्त रकम पशु सेवा स्वास्थ्य नियमन कार्यक्रम, पशु सेवा विकास कार्यक्रम, पशु सेवा आहार कार्यक्रम र पशु सेवा प्रसार कार्यक्रमका लागी खर्च गरिने प्रमुख आचार्यले बताउनुभयो ।कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डागी, कार्यकारी अधिकृत निम बहादुर केसी लगाएतकाले पशुपालनको माध्यमबाट आर्थिक अवस्था सुधार गर्ने प्रशस्तै सम्भावना रहेको भन्दै व्यवशायीक रुपमा किसानहरुले केहि कुरा बुझेर यस तर्फ लाग्नुपर्ने बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।