नेपाल प्रहरीकै गाडी ट्राफिकको कारबाहिमा




ट्राफिकले सोमबार पार्किङ निषेधित क्षेत्रमा राखिएको नेपाल प्रहरीकै गाडीको ‘ह्विल लक’ गरेको छ ।

अनामनगरमा ना१झ १४२५ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा रोकेर राखेको भेटिएपछि ‘ह्विल लक’ गरेर कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए । ‘यो भनेको ट्राफिक नियम उल्लंघन गर्ने सकैलाई पनि छाडिन्न भन्ने उदाहारण हो,’ उनले भने, ‘कसैले पनि नियम मिच्दा उन्मुक्ति पाउँदैन ।’

यो गाडी कुन प्रहरी इकाइको हो भन्नेचाहिँ खुलेको छैन । प्रहरी कार्यालयले नभइ ड्राइभरको गल्ती गरेकाले उसैलाई कारबाही हुने श्रेष्ठले बताए । यसअघि ट्राफिकले गृह मन्त्रालयका एक सहसचिव चढ्ने गाडीको पनि ह्विल लक गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्