सभामुखको निर्वाचन माघ १२ मा हुने, अग्नी सापकोटासँग पुष्पा भुषाल भिड्ने सम्भावना



काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको छ । त्यसअनुसार संसद सचिवालय बसेर कार्यतालिका बनाउँदैछ ।

अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले जनाएको छ ।

सभामुखको लागि सत्तारुढ नेकपाले अग्नी सापकोटालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा उमेदवारी दिने तयारी गरेको छ । कांग्रेसले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्