गुल्मीमा अनेरास्ववियू संयोजक कुँवर र सह-संयोजक चन्द



रमेश विश्वकर्मा ,गुल्मी।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववियूले ७७ वटै जिल्लामा जिल्ला नेतृत्वको टुंगो लगाएको छ।

गत पुस २७ र २८ गते काठमाडौंमा भएको अनेरास्ववियूको नवनिर्मित केन्द्रीय समितिको निर्णयले दिएको कार्यादेश अनुसार संयोजक ऐन महर र सह–संयोजक रंजित तामाङ्गले जिल्ला नेतृत्वको टुंगो लगाएका हुन् ।

केन्द्रीय नेतृत्वले अनेरास्ववियू गुल्मीको संयोजकमा राजेन्द्र विक्रम कुँवर र सह-संयोजकमा भरत चन्दलाई चयन गरेको छ । संयोजक कुँवर तत्कालिन नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूका जिल्ला संयोजक हुन भने सह–संयोजक चन्द तत्कालिन माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक हुन ।

कुँवर र चन्दले जिल्लाको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनीहरु जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगतीका विरुद्धमा सशक्त रुपमा अगाडि बढेको पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्