लेखक तथा नेकपाका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तार



काठमाडौं । लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ । सोमबार बाटोमा हिडिरहेका बेला उनलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको उनकी जीवन संगीनी सरला रेग्मीले थाहा अनलाइनलाई बताइन । लोहनीलाई सोमबार दिउसो चितवनबाट समातेर जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको बुझिएको छ ।

लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन् । बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका थिए । उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्