कोमलले गीत गाउँदै भोट मागिन




सैघाली खबर
दाङ, २२ कात्तिक । लोक गायिका एवम् एमाले नेतृ कोमल वली गीत गाउँदै यतिवेला वाम गठवन्धनका लागि भोट मागिरहेकी छिन् । गायनका माध्यमवाट देश विदेशका नेपालीमाझ चर्चा कमाएकी वलीले आफ्ना चर्चित लोकभाकालाई तोडमोड गरेर भोट मागिरहेकी छिन् । तुलसीपुर उमपहानगरपालिका १३ वखरियामा भएको चुनावी सभामा गीत गाइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै मुलुुकको परिवर्तन वामगठवन्धनले मात्रै गर्नसक्ने वताएकी थिइन् । केही समय अगाडी एमाले प्रवेश गरेकी वलीले एमालेबाट टिकट नपाएपछि वागी उम्मेदवारी समेत हालेकी थिइन् । अन्तिम अवस्थामा एमाले नेता शंकर पोख्रेलको आग्रहमा उनले वागी उम्मेदवारी झिकेकी थिइन् । उम्मेदवारी फिर्तासँगै वली अहिले वाम गठवन्धन क्षेत्र नम्वर ३ को प्रचारमा हिडेकी छिन् । कार्यक्रममा बाम गठवन्धनका तर्फबाट दाङ्ग क्षेत्र नम्वर ३ का उम्मेदवार हिराचन्द्र केसीले कम्युनिष्ट पाटीले आम जनताको पक्षमा काम गरेकाले जनताले चुनेर पठाउने वताए । उनले देशको नेतृत्व कम्युनिष्टहरुले मात्रै गर्न सक्ने भएकाले छ वर्षसम्म वहुमतका साथमा वाम गठवन्धनले काम गर्ने अवसर पाउने हो भने मुलुकको कायापलट हुने वताएका थिए । राजनीतिक परिवर्तनको अन्त्यसँगै मुलुक सामाजिक परिवर्तन तर्फ अगाडी वढेको समेत उनले वताए ।

माओवादी केन्द्रका वावुराम विकको अध्यक्षतामा भएको कार्यक्रममा वाम गठवन्धनका तर्फबाट क्षेत्र नम्वर ३ क का उम्मेदवार जगप्रसाद शर्मा अपारले वाम गठवन्धनबाट काँग्रेस आत्तिएर डगमगाएको वताएका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिमा पुर्व सदस्य शोभाराम वस्नेत,प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ का निर्वाचन परिचालन कमिटीका संयोजक हुकुम वस्नेत,समानुपातिकका उम्मेदवार रामजी चौधरी मिलन, निवर्तमान सांसद अनारकली मियाँ लगायतले मन्तव्य राखेका थिए । तिलकराम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण खिमकान्त पाण्डेले गरेका थिए ।
पशुपालन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्