‘घरमा सुतिरहेको मेरो श्रीमानलाई निर्मम हत्या गर्ने ब्यक्ति नै सभामुख ” न्याय पाइन्छ भन्ने लागेको थियो तर पाइएन ।’’ : पिडित



काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख पदमा नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएसँगै काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले भने दुःख व्यक्त गरेकी छन् । उनले सर्वोच्च अदालतमा आफ्ना पति मारिएको बारेमा मुद्दा रहे पनि वर्षौंदेखि पेशी सारेको सार्यै गरेर आफूलाई न्याय नदिइएको बताइन् ।

‘‘नेपालमा शक्ति भएपछि जे पनि हुँदो रहेछ, त्यसैले मैले न्याय पाउन सकिनँ,’’ उनले भनिन् । पेशी धेरै पटक सरेकाले धाउन नसकेर आफू केही समय जापानमा गएर बसेको र भर्खरै मात्रै फर्केको जनाउँदै भनिन्,‘ मुद्दाको काम मानव अधिकरवादी संस्था एड्भोकेसी फोरमका वकिलहरुले हेरिरहनु भएको छ । केही नलागेर म अहिले त्यस मुद्दामा जानै नसक्ने अवस्थामा छु ।’’

अर्की द्वन्द्व पीडित सावित्री श्रेष्ठले पनि सत्तारुढ नेकपाको निर्णयबाट आक्रोश पोखिन् । उनले भनिन् अर्जुन लामालाई खाल्डो खनेर पुरेको अस्ति जस्तो लाग्छ । तर, त्यसको अभियोग लागेका मानिसलाई मुद्दा नटुंगिँदै सभामुख भन्नुपर्ने अवस्था आउनु दुःखको कुरा हो ।’’ उनले भनेकी छिन ‘‘साह्रै दुःख लागेको छ । यस्तो होला भन्ने लागेको थिएन । न्याय पाइन्छ भन्ने लागेको थियो तर पाइएन ।’’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्