नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका उम्मेदवारको टुंगो लगायो ।



voting-1दाङ, जेठ १७ । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका उम्मेदवारको टुंगो लगाएको छ । उपमहानगर प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली ‘बृक्षा’लाई अघि सारेको माओवादी केन्द्रले सबै वडामा उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन परिचालन समितिको वैठकले उम्मेदवारको अन्तिम टुङगो लगाएको हो ।

जसअनुसार वैठकले १ नं वडाको अध्यक्षमा कृष्ण खत्री, २ मा प्रेमराज न्यौपाने, ३ मा प्रेमप्रकाश मल्ल, ४ मा तुलसी थापा मगर र ५ मा प्रेम योगीलाई उम्मेदवार बनाएको निर्वाचन परिचालन समितिका संयोजक रामजी चौधरी ‘मिलन’ले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं ६ को अध्यक्षमा केएल भण्डारी, ७ मा प्रेम खनाल, ८ मा यमप्रसाद सुवेदी, ९ मा केशव वली, १० मा झग्गु चौधरी, ११ मा यज्ञबहादुर वस्नेत, १२ मा केदारप्रसाद शर्मा आचार्य र १३ मा पूर्णवहादुर खड्कालाई उम्मेदवार बनाएको छ ।
यसैगरी वडा नं १४ मा लेखतकुमार पौडेल, १५ मा नवराज पुन, १६ मा शिवानन्द डाँगी, १७ मा मानसिङ सुनार, १८ मा शेषमणी कवर र १९ मा भीमबहादुर चौधरीलाई वडा अध्यक्षका उम्मेदवार बनाइएको माओवादी केन्द्र तुलसीपुरले जनाएको छ । सबै उम्मेदवार र कार्यकर्ताहरु चुनावमा प्रचारमा जुटिसकेको संयोजक चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै माओवादी केन्द्रले राजपुर गाउँपालिकाले उम्मेदवारको टुंगो लगाएको छ । जसको अध्यक्षमा श्यामबहादुर झाँक्री र उपाध्यक्षमा पुष्पा यादव रहनुभएको छ । वडा अध्यक्षहरुमा वडा नम्बर १ मा बिष्णु बुढा, वडा नम्बर २ मा दुर्गाप्रसाद शर्मा, ३ मा रामप्रसाद यादव, वडा नम्बर ४ मा कल्लुराम अहिर, वडा नम्बर ५ मा चेतराम यादव, वडा नम्बर ६ मा श्यामबहादुर रोका र वडा नम्बर ७ मा भीमबहादुर ओली रहनुभएको छ ।
उम्मेदवार चयन गरेर सबै वडामा चुनाव प्रचार ब्यापक बनाइएको माओवादी पोलिटब्यूरो सदस्य एवं राजपुर गाउँपालिका चुनाव परिचालन समिति संयोजक लीला शर्माले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्