अमेरिकी दूतावास नजिक फेरी रकेट हमला



मङ्गलबार बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको छ । सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको ‘ग्रीन जोन’ क्षेत्रमा इराकी सरकारी भवन र अमेरिकी दूतावाससमेत कैयौँ विदेशी नियोगहरु छन् । रकेट बग्दादबाहिरको जाफरानीया जिल्लाबाट प्रहार भएको मानिएको छ । स्रोतका अनुसार तीनमध्ये दुई रकेट अमेरिकी दूतावास नजिकै खसेको थियो ।

रकेट खसेपछि ग्रीन जोनमा साइरन बजेको सुनिएको थियो । पछिल्लो समय ग्रिन जोन क्षेत्रमा रकेट आक्रमणको घटना बढिरहेको छ र अमेरिकाले यसका लागि इरानसमर्थित अर्धसैन्य समूहलाई जिम्मेवार ठहराएको छ । तथापि आक्रमणहरुको कसैले जिम्मा लिएको देखिँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्