उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त, आचारसंहिता उल्लंघन गरे तत्काल कारवाही



सैघाली खबर
काठमाडौं, २३ कार्तिक


प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन नजिकदै गर्दा उम्मेदवारहरु प्रचार प्रसारमा व्यवस्त भएका छन् । आँउदो मंसिर १० र २१ गते ताकिएको निर्वाचनबाट प्रतिनिधि सभामा १ सय ६५ तथा प्रदेशसभामा ३ सय ३० जना उम्मेदवार प्रत्यक्ष निर्वाचन बाट चुनिने छन् । समानुपातिक सांसदमा सिफारिसमा परेका उम्मेदवार तथा प्रत्यक्ष तर्फका दुबै उम्मेदवारहरु अहिले आ आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्नमा व्यस्त छन् । सरकारमा रहेका मन्त्रीहरु पनि मन्त्रालयको कामै छोडेर निर्वाचनको प्रचार प्रसारमा व्यवस्त छन् ।

निर्वाचन आयोगले पनि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको लागि तयारी तिब्र पारिएको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रहरुमा निर्वाचन सामग्री पठाउने तथा मतदाता शिक्षाको कार्यक्रमलाई पनि तिब्र बनाईएको आयोगले जनाएको छ । निर्वाचन आायोगले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रवक्ता नवराज ढकालले आचार संहिता उल्लङघन आयोगले आचार संहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी नै खारेज हुने बताउनुभयो । सक्ने चेतावनि दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्