मुख्य समाचार

दलित युवा सम्मेलन काठमाण्डौमा शुरु

By थाहा अनलाइन

November 09, 2017

सैघाली खबर काठमाडौं, २३ कार्तिक

जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ दलित युवा सम्मेलन काठमाण्डौमा शुरु भएको छ । आज सकिने सम्मेलनमा ‘जातीय भेदभाव उन्मूलनका लागि युवा राजनीतिज्ञको भूमिका’, ‘सामाजिक आन्दोलन र दलित अधिकार’, ‘संवैधानिक अधिकार र कानून कार्यान्वयनमा दलित युवा’ तथा ‘दलित अधिकार प्राप्तिका लागि आम सञ्चारको भूमिका’ लगायतका विषयमा छलफल गरिनेछ । दलित युवा एलायन्सद्वारा आयोजित सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागीता रहेको आयोजकले जनाएको छ ।