अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया सुरु



सैघाली खबर
काठमाडौं, २३ कार्तिक

शिक्षा नियमावलीको नवौँ संसोधन विधेयक प्रमाणिकरण भएसँगै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया सुरु गरेको छ । अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया स्वरुप आयोगले बिज्ञापन आह्वान गरेको छ ।

आन्दोलनरत छुट अस्थायी करार शिक्षक संघर्ष समितिले भने न्यायलय गुहार्ने निष्कर्ष निकालेको छ । मितिका अध्यक्ष भरत केसीले केही दिनभित्र यस्को छिनोफानो हुने सीआईएनसँग बताउनुभयो ।

५८ मा १२ हजार ९६ जना रहेको अस्थायी शिक्षकको संख्या अहिले २६ हजार १ सय ५१ छ । आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण भएकाको संख्यासमेत जोड्ने हो भने यो ३७ हजार पुग्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्